
धनगढी: सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले धर्म संस्कृतिको रक्षाबिना समाज समृद्ध र अनुशासित हुन नसक्ने बताएका छन्। जनता राष्ट्रिय मावि धनगढी–१३ कैलाली गाउँमा निर्माण गरिएको नवनिर्मित सरस्वती मन्दिरको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।

श्रीपञ्चमीको अवसर पारेर विद्यालयमा आयोजित समारोहका प्रमुख अतिथि जोशीले विद्यार्थीलाई नैतिक र सुसंस्कृत शिक्षा दिन सके मात्र असल जनशक्ति निर्माण हुन सक्ने बताए।

ज्येष्ठ नागरिक समाज कैलाली गाउँले विभिन्न दान दाताको सहयोगमा उक्त मन्दिरको निर्माण गरेको अध्यक्ष नवराज ओझाले बताए। समारोहमा बिद्यालयका प्रअ पूर्णानन्द नौन्याललाई जेष्ठ नागरिक समाजले मन्दिरको चाबी हष्तान्तरण गरेको थियो।
सरस्वती माताको मन्दिर उद्घाटन समारोहमा ज्येष्ठ नागरिक समाजका अध्यक्ष समाजसेवी नवराज ओझा,पूर्व सांसद यज्ञराज पाठक, विद्यालयका अध्यक्ष हरिश खड्का, वडाध्यक्ष विजयराज जोशी, समाजसेवी छत्रराज जोशी, विद्यालयका प्रअ पूर्णानन्द नौन्याल, सहायक प्रअ गणेश जोशी, अभिभावक, शिक्षक र विद्यार्थीहरूको सहभागिता थियो।
