Skin_Hospital_Dhn

धनगढीको क्याम्पस चौकमा मोटरसाइकल पल्टिँदा चौधरी घाइते

धनगढीः कैलालीमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–८ को क्याम्पस चौकमा चौराहबाट मनहेरातर्फ गइरहेको से २ प ५२०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक घाइते भएका हुन्।

मोटरसाइकल पल्टिँदा चालक जोशीपुर गाउँपालिका–४ बस्ने २८ वर्षीय गोपाल चौधरी घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित
Loading...