Skin_Hospital_Dhn

काँग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलन माघ २५ गते, आरजुले उद्घाटन गर्ने

धनगढी: नेपाली काँग्रेस कैलाली दोस्रो जिल्ला सम्मेलन माघ २५ गते हुने भएको छ। जिल्ला कार्यसमिति कैलालीको आइतवार बसेको बैठकले १४औं महाअधिवेशन पछिको दोस्रो जिल्ला सम्मेलन २५ गते गर्ने निर्णय गरेको हो।

सम्मेलनको पार्टीको केन्द्रीय सदस्य एंव नेपाल सरकारका परराष्ट्रमन्त्री डा. आरजु राण देउवाले उद्घाटन गर्ने काँग्रेस कैलालीका प्रचारप्रचार प्रमुख तपेन्द्र भुषालले जानकारी दिए।

सम्मेलनमा पार्टीको केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश कार्यसमिति, महासमिति सदस्य। महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्रका सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश सभाका क्षेत्रीय सभापति, पदाधिकारीहरु, पालिका सभापति पदाधिकारी सदस्यहरूको सहभागिता रहनेछ।

यसैगरी पार्टीको वडा सभापति, क्षेत्रीय प्रतिनिधि, भातृ तथा सुभेच्छुक संस्थाहरुको प्रमुख एंव प्रतिनिधिहरुको सम्मेलनमा सहभागि हुनेछन्। सम्मेलन धनगढीमा रहेको कैलाली उद्योग वाणिज्य संघको सभाहलमा हुने भुषालले बताए।

सम्बन्धित
Loading...