Skin_Hospital_Dhn

धनगढीबाट बन्दुकसहित तीनजना पक्राउ

धनगढी: कैलालीको धनगढीबाट भरुवा बन्दुकसहित तीनजना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१९ बाट दुई भारतीय नागरिकसहित तीन जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी नौसर गुलरिया बस्ने ३२ वर्षीय रियासद अली, लखिमपुर खिरीकै ४० वर्षीय देशराज राना र धनगढी उपमहानगरपालिका– १९ का ३९ वर्षीय गुरुप्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरूको साथबाट दुई थान भरुवा बन्दुक र एक थान चक्कु बरामद गरिएको बताइन्छ।

सम्बन्धित
Loading...