Skin_Hospital_Dhn

कैलालीका ट्राफिक चालकबाट रकम असुल्दै

धनगढी ।
कैलालीको त्रिनगर भन्सार नाकामा ट्राफिक प्रहरीले नेपाल आउने मालबाहक गाडीबाट पैसा असुल्ने गरेका छन् ।

राजश्वको जिम्मा भन्सार कार्यालयलाई भएपनि त्रिनगर नाकामा बस्ने ट्राफिक प्रहरीले गाडी इन्ट्री गरे बापत प्रति गाडी २ सय रुपैयाँ लिने गरेको चालकहरु बताउछन् ।

कैलालीको त्रिनगर भन्सार नाकामा ट्राफिक प्रहरीले प्रत्येक मालबाहक गाडीबाट बिना कारण पैसा असुल्ने गरेको खुलेको छ ।

त्रिनगर ट्राफिक प्रहरी पोस्टबाट खटिने हरेक ट्राफिक प्रहरीले मालबाहक गाडीबाट २ सय रुपैयाँ लिने तर, त्यसको कुनै रसिद नपाएको उनीहरु बताउँछन् । त्रिनगर नाकामा मात्रै नभएर कैलाली जिल्लाका हरेक पोस्टहरुमा ट्राफिक प्रहरीलाई पैसा नतिर्दासम्म गाडी अगाडी बढ्न नदिइएको उनीहरुको गुनासो छ ।

ट्राफिक प्रहरीले नाका देखि हरेक ठाउँमा रकम मात्रै असुल्न थालेपछि सवारी चालकहरु आजित बनेका छन् । माथिको आदेश भन्दै ट्राफिक प्रहरीले प्रत्येक गाडीबाट रकम असुल्न थालेपछि उनीहरुले आवश्यक छानबिनको समेत माग गरेका छन् । सरकारलाई तिर्नुपर्ने राजस्व बाहेक रकम उठाउन थालिएपछि यसको रोकथाम हुनुपर्नेमा उनीहरुको जोड छ ।

कैलालीको त्रिनगर नाका भएर प्रति दिन २५ देखी ३० वटा मालबाहक सवारी साधन भित्रिने गर्दछन् । गाडीबाट नाकामा रहेका ट्राफिक प्रहरीदेखि हरेक पोस्टले रकम असुल्ने गरेको सवारी चालकहरुको गुनासो छ ।

त्रिनगर भन्सार नाकाबाट नेपाल आउने मालबाहक गाडीबाट नाकामा रहेका ट्राफिक प्रहरी, गेटा ट्राफिक पोस्ट देखी हरेक पोस्टले रकम अशुल्ने गरेको सवारी चालकहरुले गुनासो गरिरहदा जिल्ला ट्राफिक प्रहरी कार्यालय रकम लिएको बिषयबारे अनबिज्ञ छ । ट्राफिक प्रहरी प्रमुख बिरेन्द्र जोहारी रकम लिएको बारे छानबिन गर्ने बताउछन् ।

सम्बन्धित
Loading...