Skin_Hospital_Dhn

टीकापुरबाट लागूऔषधसहित पक्राउ परे अंकित

धनगढी: कैलालीको टीकापुरबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–१ खडकचोकबाट ब्लक नम्बर– १३ का २२ वर्षीय अंकित चौधरी पक्राउ परेका हुन्।

मंगलबार उनको साथबाट ८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको बताइन्छ।

सम्बन्धित
Loading...