Skin_Hospital_Dhn

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं: नेपाली बजारमा आज सुन प्रतितोला २२ सय रुपैयाँले बढेको छ।

मंगलबार १९ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार २२ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाला सुन एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै बुधबार चाँदी १ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित
Loading...