
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ।

बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा संसदमा दर्ता भएका ६ अध्यादेशका साथै नीति मन्थन विभाग र कानून विभाग संयन्त्रको विषयमा पनि छलफल हुनेछ।

रास्वपाले यसअघि नै सरकारले संसदमा दर्ता गरेका ६ अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना संसद् सचिवालयमा दर्ता गरिसकेको छ।
बैठकमा पार्टीका सभापति रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न सभामुख घिमिरेलाई बुझाएको पत्रका सन्दर्भमा पनि कुराकानी हुने बताइएको छ।
