Skin_Hospital_Dhn

मानवसेवा आश्रममा महायज्ञ सुरु, मुख्यमन्त्री शाहले गरे उद्घाटन

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१ पशुपति टोलस्थित महोत्सवस्थलमा श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ सुरु भएको छ।

मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश कैलाली शाखाको आफ्नै भवन निर्माण गर्न आज (बुधबार)देखि महायज्ञ सुरु भएको हो। महायज्ञको सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे।

उद्घाटनअघि विभिन्न सांस्कृतिक बाजागाजासहित भुवा, हुड्केली, हलिया, पुतला, गौरा, सखिया, होली, देउडा, लाखेनाचसहित सांस्कृतिक झाँकीसहित शंखनाद, भजन कीर्तनसहित विशाल शोभा कलश यात्रा निकालिएको थियो।

महायज्ञ यही माघ ३० गतेसम्म सञ्चालन हुनेछ। आश्रमले भवन निर्माणका लागि १५ करोड रुपैयाँभन्दा बढी लाग्ने र महायज्ञबाट ५ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए।

आश्रमको धनगढी शाखाले हालसम्म करिब ४ सय जना सहयोगापेक्षी सडक मानवहरूको उद्धार गरेको जनाएको छ।

सम्बन्धित
Loading...