
डडेल्धुरा: मोटरसाइकलको ठक्करबाट डडेल्धुरामा एक महिला घाइते भएकी छन्।

जिल्लाको अमरगढी नगरपालिका–५ तुफानडाँडाबाट बागबजारतर्फ आइरहेको नवदुर्गा गाउँपालिका–४ का खडक साउँदले चलाएको बा ९५ प ६२०३ नम्बरको मोटरसाइकलको ठक्करबाट ४८ वर्षीया पशुपति सार्की घाइते भएको प्रहरीले जनाएको छ।

घाइते पशुपतिको डडेलधुरा अस्पतालमा उपचार भइरहेको बताइन्छ।
