Skin_Hospital_Dhn

अत्तरियाबाट खैरो हेरोइनसहित बलायर पक्राउ

धनगढी: लागूऔषध खैरो हेरोइनसहित कैलालीको अत्तरियाबाट एक युवक पक्राउ परेका छन्।

बुधवार साँझ गोदावरी नगरपालिका–२ राष्ट्रिय वाणिज्य बैंक अत्तरियाबाट तेघरीका २२ वर्षीय धीरज बलायर पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार सडकमा लागुऔषधको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो।

टोलीले बलायरले लगाएको पाइन्टको बायाँ खल्तीमा लुकाई राखेको अवस्थामा २०० मिलिग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...