Skin_Hospital_Dhn

धनगढीको नोभा हस्पिटलको शौचालयमा कुरुवा मृत फेला

धनगढी: कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा बिरामी कुरुवा शौचालयमा मृत अवस्थामा फेला परेका छन्।

बुधवार राति कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रवीन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएका हुन्।

१७ महिनाका भतिजा दिभानको कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कवीन्द्रसिंह बोहराले बताए।

राति २ बजेतिर शौचालय गएका राना धेरै बेरसम्म नफर्किएपछि हस्पिटलका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको जनाइएको छ। प्रहरीले घटनाबारे  अनुसन्धान गरिरहेको बताइन्छ।

सम्बन्धित
Loading...