
काठमाडौं: काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन्।

आज बिहान ९ बजेतिर भएको विस्फोटमा घाइते भएकामध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा मःम पसलका कामदार रहेको बताइएको छ।

घाइतेको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेलाई सुरुमा हिमाल अस्पताल लगिएको थियो। सुरक्षाकर्मी टोलीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।
