Skin_Hospital_Dhn

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं:  स्थानीय बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ६०० रुपैयाँले बढेर एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

छापावाला सुन बुधबार प्रतितोला एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार ९८० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ।

अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला पाँच रुपैयाँले बढेको हो।

सम्बन्धित
Loading...