Skin_Hospital_Dhn

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्ने क्रम जारी

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्ने क्रम जारी छ । बुधबार कच्चा तेलको मूल्य ८१ डलरभन्दा तल झरेको छ, जुन जनवरीयताकै न्यून स्तर हो। अमेरिकी कच्चा तेलको भाउ पनि प्रति ब्यारेल ७४ डलरको नजिक पुगेको छ ।

पछिल्लो ८ महिनामा कच्चा तेलको मूल्य २७ प्रतिशतले घटेको छ । पेट्रोलियम विज्ञहरूका अनुसार ब्रेन्ट द्रुत गतिमा ७० डलरतर्फ गइरहेको छ। यसले पक्कै पनि पेट्रोल र डिजेलको मूल्य घटाउने छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा भाउ घटेको एक महिनापछि यसको प्रभाव देखिन थालेको छ ।

 

सम्बन्धित
Loading...