Skin_Hospital_Dhn

गौरीगङ्गा नगरपालीकामा तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप २०७९ हुने

धनगढी ।
कैलालीमा तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप २०७९ हुने भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालीकामा ‘खेलौँ फुटबल रमेर, फुटबलको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस क्लबको आयोजनामा चैत २१ गतेदेखि ३० सम्म प्रतियोगिता हुने आयोजकले आज (बुधवार) पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन, नगर क्षेत्रलाई खेलकुदको चहलपहल बढाउने, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिन लागेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।

प्रतियोगिताको विजेतालाई ट्रफि सहित नगद ४ लाख र उपविजेता नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत अन्य विद्याका खेलाडीलाई नगद १० हजार पुरस्कार दिइने छ भने प्रतियोगिताको ‘म्यान अफ द म्याच’ नगद ५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा १० टिमको सहभागिता रहने जनाइएको छ ।

सम्बन्धित
Loading...