Skin_Hospital_Dhn

दोगडाकेदार गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने

बैतडी: दोगडाकेदार गाउँपालिका बैतडीले एकल पुरुषलाई पनि भत्ता दिने भएको छ। ४० वर्षमाथिका विपन्न एकल र विधुर पुरुषलाई भत्ता दिइने गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन्।

चालु आर्थिक वर्षमा विपन्न एकल पुरुषलाई निर्वाह भत्ता प्रदान गर्नका लागि ५ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताइन्।गाउँपालिकाले भत्ता वितरण प्रयोजनका लागि निवेदन आह्वान गरिसकेको छ।

शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिकाले १५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको छ। आर्थिक रुपले विपन्न एकल पुरुषहरुको जीविकोपार्जनमा टेवा पुर्याउनका लागि भत्ता दिने तयारी भएको गाउँपालिकाले जनाएको छ।

४० वर्षमाथिका एकल र बिधुर पुरुषले वडाका सिफारिशसहित सम्बन्धित वडामै निवेदन पेश गर्न सक्ने गाउँपालिकाले जनाएको छ। भत्ताका लागि आएका निवेदनहरुबाट छनौट गरेर आर्थिक रुपले विपन्न एकल पुरुषलाई भत्ता दिइने उपाध्यक्ष कार्कीले बताइन्। यसले एकल तथा विधुर पुरुषहरुलाई आफ्नो जिविकोपार्जनमा केही टेवा पुग्ने अपेक्षा लिइएको उनले बताइन्।

सम्बन्धित
Loading...