
धनगढी: क्याप्टेन वेद उप्रेतीको नयाँ कृति ‘पायलट प्रेम’ को शनिबार धनगढीमा विमोचन गरिएको छ।

सुदूरपश्चिम विश्वविद्यालयका डिन प्रेमराज पन्त, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार हेमराज पन्त, लेखकका आमा सरस्वती उप्रेतीलगायतकाले संयुक्त रुपमा उपन्यासको विमोचन गरे।

स्वदेश तथा विदेशमा लामो समय उडान अनुभव संगालेका उप्रेतीको यो १३ औँ कृति हो। यस उपन्यासभित्र पाइलटका चुनौतीपूर्ण जीवन, उतारचढाव, रोमान्सका कुराहरु समेटिएको उनले बताए। उपन्यासभित्र ९० प्रतिशत वास्तविक कथा समेटिएको उनले बताए।
