
डडेल्धुरा: डडेल्धुराका एक पुरुष ७ दिनदेखि बेपत्ता छन्।

आलिताल गाउँपालिका–२ किमाड बस्ने ५० वर्षीय अमरबहादुर थापा मगर आइतबारदेखि बेपत्ता भएका हुन्। थापा माघ २० गते आफ्नै घरबाट बेपत्ता भएको वडाध्यक्ष प्रमोद मल्ले जानकारी दिए। उनले परिवारका सदस्यले खोजी कार्य गर्दा हालसम्म पनि थापा नभेटिएको बताए।

साथै परिवारका सदस्यहरूले बेपत्ता थापाको खोजी कार्यमा सहयोग गरिदिनसमेत आग्रह गरेका छन्। उनलाई कसलै कहीकतै देखेमा मोबाइल नम्बर ९८४८८२५६४० (प्रमोद मल्ल वडाध्यक्ष), 9864300333, 9868337298 मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
