Skin_Hospital_Dhn

धनगढीमा चक्कु देखाउँदै १४ वर्षीया किशोरीमाथि करणी

धनगढी: कैलालीमा चक्कु देखाउँदै १४ वर्षीया किशोरीलाई करणी गरिएको छ। धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा बस्दै आएकी बाजुराकी एक किशोरीमाथि करणी गरिएको घटना सार्वजनिक भएको हो।

बाजुुराको खप्तडछेडेदह गाउँपालिका घर भएर धनगढीमा अध्ययन गर्दै आएकी १४ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीमाथि १८ वर्षीय किशोरले बिहीवार साँझ जबरजस्तीकरणी गरेको बताइन्छ।

स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका प्रहरीले बताएको छ।

त्यसपछि उनी युवकसँगै उनको घर पुगेकी थिइन्। किशोरीमाथि घरमै जबरजस्तीकरणी गरेर युवक भागेका छन्। पीडित किशोरीले शनिवार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहराले शनिवार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको बताए। किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी भइरहेको डीएसपी बोहराले बताए। पीडित किशोरी धनगढीमा कक्षा ७ मा अध्ययन गर्छिन्।

सम्बन्धित
Loading...