
धनगढी: कञ्चनपुरको एक गोठ र भान्सामा आगलागी भएको छ।

शनिबार साँझ दोधारा चाँदनी नगरपालिका-९ झाक्रीटोल बस्ने कर्णबहादुर शाहीको खरले छाएको एकतले एक कोठे कच्ची भान्सा घर र टिनले छाएको एक कोठे गोठमा आगलागी भएको हो।

विद्युतको तार सर्ट भई आगलागी हुँदा भान्सा कोठा र गोठभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, काठ लगायतका सामानहरु गरी अन्दाजी एक लाख मूल्यको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ।
आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
