
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१९ आईगाउँस्थित नवनिर्मित जनप्रिय आधारभूत विद्यालयको ८ कोठे भवनको उद्घाटन गरिएको छ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आइतबार भवनको उद्घाटन गरेकी हुन्। यसका साथै उनले धनगढी उमहानगरपालिका–१७ मा रहेको दमौलिया झोलुङ्गे पुल, ११ मा रहेको जोकैया पक्की पुल, २ नम्बर वडा कार्यालयको प्रशासनिक भवनको उद्घाटन कार्यक्रम छ। आइतबार नै वडा नम्बर १६ मा रहेको बेहडाबाबा माद्यामिक विद्यालयको पक्की भवनको शिलान्यास कार्यक्रम रहेको छ।

माघ २५ गते नेपाली कांग्रेसको जिल्ला सम्मेलनमा सहभागी हुन धनगढी आएकी परराष्ट्रमन्त्री डा. राणा कैलालीका विभन्न कार्यक्रममा सक्रियताका साथ सहभागी हुँदै आएकी छन्।
