Skin_Hospital_Dhn

सत्तारुढ दलहरुको बैठक निष्कर्षबिहीन टुंगियो

काठमाडौँ ।
मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको सत्तारुढ दलहरुको बैठक निष्कर्षबिहीन टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति हुन नसक्दा बैठक निष्कर्षबिहीन टुंगिएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले मन्त्रिपरिषद् विस्तारबारै कुनै टुंगो नलागेको बताए । “आज प्रारम्भिक छलफल भयो । सरकार विस्तारबारे थप छलफलका लागि प्रधानमन्त्रीले आवश्यकता अनुसार बैठक बोलाउनुहुन्छ। अहिले नै सरकार विस्तारको कुनै टुंगो लागेको छैन,” लेखकले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारका लागि गृहकार्य भइरहेको छ । तर सत्ता साझेदार दलबीच भागबन्डा मिल्न सकेको छैन ।

पुस १० मा नेकपा (एमाले) को सहयोगमा प्रचण्ड प्रधानमन्त्री भएका थिए । राष्ट्रपति निर्वाचनको मनोनयनको अघिल्लो दिन फागुन १२ गते गठबन्धन टुटेको थियो ।

सम्बन्धित
Loading...