
काठमाडौँ: नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशले अहिलेसम्म राजधानी नपाएको विषयमा संघीय सरकारको जवाफ मागेका छन्।

सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रदलेशसभाले राजधानी तोके पनि कामकारबाही धनगढीबाटै भइरहेको भन्दै जवाफ माग गरेका हुन्। परदेशसभाले राजधानी गोदावरीलाई तोकेको थियो।

उनले भने, ‘गएको सुदूरपश्चिम प्रदेश सभाले सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका-२ मा घोषणा गर्यो। त्यहाँको प्रदेश सभाले राजधानी तोक्यो। तर अहिलेसम्म सुदूरपश्चिमले राजधानी नपाउनु? संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रको निर्माण गर्दाको हस्ताक्षरकर्ता पनि हो म। आज सुदूरपश्चिमले राजधानी नपाउनुको अर्थ के हो? यसको उत्तर कसले दिने हो? अढाई वर्षदेखि यहीबारेमा मैले बोल्दै आएको छु। यसको जवाफ चाहिन्छ।’
