Skin_Hospital_Dhn

अर्जुन ट्रफी : झलारीका ऐरले जिते नगद एक लाख

धनगढी: धनगढीमा भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललित ऐरले नगद एक लाख पुरस्कार जितेका छन्। आज भएको फाइनल खेलमा छक्का प्रहार भएको बललाई समातेका ऐरले ब्रेड बक्सको तर्फबाट नगद एक लाख प्राप्त गरेका हुन्।

ब्रेड बक्सले फाइनल खेलमा प्रहार भएको छक्का समात्ने पहिलो दर्शकलाई नगद एक लाख पुरस्कार घोषणा गरेको थियो। यस्तै अन्य छक्का प्रहार भएको बलमा पनि क्याच गरेमा प्रति क्याच १० हजार घोषणा गरिएको थियो।

फाइनल खेलमा ललितले दोस्रो क्याच गरेका हुन्। यसअघि हिजो भएको सेमिफाइनलमा पहिलो क्याच गर्दै बैतडीका हरिश भाटले ५० हजार पुरस्कार पाएका थिए।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ का ऐर आज भएको फाइनल खेल हेर्नका लागि चारजना काकासँगै फाप्लामा पुगेका थिए। चन्द सूर्य सेकेन्डरी स्कुलमा कक्षा १२ मा पढिरहेका उनले पाएको एक लाख पढाइमा लगानी गर्ने बताए।

सम्बन्धित
Loading...