Skin_Hospital_Dhn

एसईई आइडल–४ लाई वाइवाईको साथ

धनगढी: सुदूरपश्चिम प्रदेशस्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आईडल ४ मा वाइवाई चाउचाउले पनि साथ दिने भएको छ। प्रतियोगितामा वाइवाई चाउचाउ ‘पावर्ड वाई’ का रूपमा जोडिएको हो।

एसईई आईडल ४ को आयोजक संस्था प्रभात मिडिया एण्ड ईभेन्ट प्रालिका अध्यक्ष प्रकाश छेडाल र वाइवाई चाउचाउका सुपका सिनियर म्यानेजर नेत्र अर्यालबीचमा प्रायोजन सम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर भएको हो।

विगतका ३ वटा संस्करणदेखि वाइवाईले एसईई आइडललाई निरन्तर साथ दिँदै आएको छ। यस संस्करणमा पनि जोडिएर सुपको कला क्षेत्रलाई टेवा पुगाउन पाएकोमा सिनियर म्यानेजर अर्यालले खुसी व्यक्त गरे।

गत तीन संस्करणको भव्य सफलतापछि सुरु भएको एसईई आइडलको चौथो संस्करणका सुपका ९ जिल्लाका विद्यार्थीहरु सहभागी हुने गरी विभिन्न स्थानमा अडिसनहरुमा आयोजना गरिँदैछन्। यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन्। सोमबारसम्म १९ स्थानमा अडिसन आयोजना भइसकेका छन्।

 यसवर्ष पनि गतवर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले प्रतिस्पर्धात्मक प्रदर्शन गर्न पाउनेछन्। यसवर्षको साउनदेखि फागुनसम्म ९ जिल्लाभरि नै अडिसन प्रतियोगिताहरू सञ्चालन हुँदैछन्, जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०/३० जना प्रतिस्पर्धिहरुले २०८२ बैशाखमा हुने सेमिफाइनलमा प्रवेश पाउनेछन् भने सेमिफाइनलमा उत्कृष्ट हुने नृत्य र गायन विधाका १५/१५ जना प्रतिस्पर्धीहरुले २०८२ असार १ गते हुने फाइनलमा प्रवेश पाउनेछन्।

फाइनलबाट दुवै विधामा १/१ जना विजेता र १/१ जना उपविजेता छनोट गरिनेछ। दुवै विधाका विजेता र उपविजेताले क्रमशः रु. ७५/७५ हजार र रु. ३०/३० हजार नगद सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन्। साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले पनि कक्षा ११/१२ मा आंशिक छात्रवृत्ति पाउनेछन्।

सम्बन्धित
Loading...