
धनगढी: कञ्चनपुरमा ८ किलोग्राम चरेससहित दुईजना पक्राउ परेका छन्।

मंगलबार इलाका प्रहरी कार्यालय ब्रहमदेबबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका– ९ ब्रहमदेबबाट २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बझाङको पाथिभारा गाउँपालिका–२ का महेन्द्रबहादुर रोकाया र अमरबहादुर रोकाया रहेका छन्।
शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा महेन्द्रको साथबाट ४ किलो ३३९ ग्राम र अमरको साथबाट ४ किलो ५८७ ग्राम गरी ८ किलो ९२६ ग्राम लागू औषध चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
