
अछामः अछाममा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्लामा रुखबाट एक महिलाको ज्यान गएको हो।

ज्यान गुमाउनेमा सोही ठाउँकी ६५ वर्षीया निखिरा नेपाली रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उनीघाँस काट्न बेडुला रुखमा चढेकी थिइन्।

रुखबाट लडेर उनी गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटामा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
