
धनगढीः धनगढी उपमहानगरपालिका-५ स्थित हिमालयन गौरीशंकर डेन्टल क्लिनिक प्रालिले मानव सेवा आश्रम कैलाली शाखाको भवन निर्माणका लागि सहयोग गरेको छ।

सञ्चालक विमला चौधरी एसके र रतन एसकेले भवन निर्माणका लागि एक लाख एक हजार पाँच रुपैया सहयोग गरेका हुन्।

धनगढीमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ २०८१ का अवसर पारेर उनीहरूले सहयोग गरेका हुन्। सहयोग गर्ने एसके परिवारलाई मानव सेवा आश्रम कैलालीले सम्मान पत्र प्रदान गरेको छ।
मानव सेवा आश्रम कैलालीले माघ २३ गतेदेखि ३० गतेसम्म महायज्ञ आयोजना गरिरहेको छ। महायज्ञबाट संकलित रकम मानवीय स्मारक भवन निर्माणमा खर्च गरिने आश्रमले जनाएको छ।
