Skin_Hospital_Dhn

डोटीमा इभी भ्यान दुर्घटना, दुई जना घाइते

धनगढी: डोटीमा इभी भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

जिल्लाको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कैलालीको धनगढीबाट चौखुट्टे अछामतर्फ जाँदै गरेको सुदूरपशिचम प्रदेश ०१ ००१ ज १६६६ नम्बरको इभी भ्यानले सोही दिशातर्फ जाँदै गरेको हाईसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका २६ वर्षीय सुरज बोहराले चलाएको सो भ्यानमा सवार ८ जनामध्ये २ जना घाइते भएका छन्। अन्य ६ जना भने सकुशल रहेका जनाइएको छ।

घाइते हुनेमा परिचय नखुलेकी अन्दाजी २२ वर्षीया एक महिला र डोटीको शिखर नगरपालिका–८ तिलतालीका चक्र बलायर रहेका छन्। घाइते दवै जनालाई उपचारका लागि डडेलधुरा अस्पताल पठाएको छ।

सम्बन्धित
Loading...