Skin_Hospital_Dhn

उद्योगी–व्यवसायीले धमाधम सांसद बन्ने अवसर पाउदै, २० जनाभन्दा बढी व्यवसायी संसदमा

अब सांसद बन्न सडक आन्दोलनमा सक्रिय हुनु, जेलनेल भोग्नु, व्यक्तिगत स्वार्थ त्याग गर्नु मात्र नभएर व्यावसायिक क्षेत्रमा सफलता हासिल गर्नु पनि योग्यताको कसी बन्न पुगेको छ।

जसका कारण उद्योगी–व्यवसायीले धमाधम सांसद बन्ने अवसर पाइरहेका छन्। उद्योगी तथा व्यवसायी समानुपातिकबाट मात्र नभई प्रत्यक्ष चुनाव लडेरै निर्वाचित भैरहेका छन्। मंसिर ४ गते सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनबाट २० जनाभन्दा बढी उद्योगी–व्यवसायी संसद्का लागि चुनिएका हुन्।

विगतमा समानुपातिक सूचीमा बसेर सांसद बनेकाहरू अहिले प्रत्यक्ष निर्वाचनबाट संसदमा पुगेका छन्। त्यसका एक उदाहरण हुन्, उद्योगपति विनोद चौधरी। दुईपटक समानुपातिक सूचीबाट सांसद बनेका उनी यसपटक प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा चुनिएका हुन्। चौधरी ग्रुपका अध्यक्ष रहेका अर्बपति चौधरीले नवलपरासीबाट चुनाव जितेका हुन्।

संसद् नीति निर्माण गर्ने थलो हो। नीति निर्माण गर्ने संसदमा व्यापारीहरू आउँदा स्वार्थको द्वन्द्व हुने आकलन गरिन्छ। तरपनि प्रत्यक्ष निर्वाचन लडेर जनताबाट अनुमोदित भई उद्योगी–व्यवसायीहरू संसदमा आएका छन्। व्यावसायिक पृष्ठभूमि भएका राजनीतिकर्मी सांसद हुने क्रम हरेक निर्वाचनमा बढ्दै गएको छ। विगतमा समानुपातिकमा बस्ने परम्परा रहे पनि यसपटकको निर्वाचनमा धेरै व्यवसायी प्रत्यक्ष निर्वाचन लडेर संसदमा पुगेका हुन्। उनीहरू नेपाली कांग्रेससहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), राष्ट्रिय स्वतन्त्र पार्टीदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट टिकट पाएर विजयी भएका हुन्। यो समाचार नागरिक दैनिकमा छ ।

सम्बन्धित
Loading...