Skin_Hospital_Dhn

लागुऔषध सम्बन्धी मुद्दाका फरार कसुरदार पक्राउ

कञ्चनपुर ।
लागुऔषध सम्बन्धी मुद्दाका फारर कसुरदारलाइ प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ का वीरेन्द्रबहादुर चन्दलाई पक्राउ प्रहरीले पक्राउ गरेको हो ।

चन्दलाई पक्राउगरि जिल्ला अदालतमा पेश गरिएकोमा अदालतबाट कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाशले चन्दलाई लागुऔषध चरेश सम्बन्धी मुद्दामा माघ १६ मा १ वर्ष ३ महिना कैद र १२ हजार जरिवानाको फैसला गरेको थियो । २०७६ मै मुद्दा चलेपनि त्यतिबेला उनलाई धरौटीमा छाडिएको थियो । फैसलाका बेला उनी फरार थिए ।

सम्बन्धित
Loading...