
धनगढी: कैलालीको धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।

बुधवार राती धनगढी उपमहानगरपालिका–३ व्यारेल नजिकबाट लागूऔषधसहित गोदावरी नगरपालिका–१० का २१ वर्षीय विवश चौधरी र कञ्चनपुरको कृष्णपुर नगरपालिका– ७ का २५ वर्षीय धिरज राना पक्राउ परेका हुन्।

उनीहरूको साथबाट ६३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
