भैँसीले हान्दा एक जनाको मृत्यु नयाँ सन्देश प्रकाशित मितिः २०८१ फाल्गुन १, बिहीबार ११:४५ सिन्धुली: सिन्धुलीको सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक वृद्धको मृत्यु भएको छ। आज बिहान घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले भैँसीले हानेर घर्तीको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए।