
काठमाडौं: नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार तीनसय रुपैयाँले बढेको छ।
महासंघका अनुसार बढेको मूल्यसँगै आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधवार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।
