Skin_Hospital_Dhn

‘बित्थडचिर गाउँपालिकामा ताम्रपत्र तोडफोड गरिएको भन्ने समाचार भ्रामक’

धनगढी: बझाङको बित्थडचिर गाउँपालिकाले ताम्रपत्र तोडफोड गरिएको भन्ने समाचार भ्रामक भएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ।

गाउँपालिकाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण जनाएको हो। गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको माघ ९ गते बुधवारका दिन एक कार्यक्रमका बीच औपचारिक रुपले समुद्घाटन भई भएको थियो।

‘भवन समुद्घाटनको व्यहोरा उल्लेखित ताम्रपत्र उद्घाटनको दिन अस्थायी रूपले राखिएकोमा २०८१ माघ २९ गते स्थायी रूपले टाँस्नका निमित्त केही समयका लागि उक्त ताम्रपत्र हटाइएको थियो, सोही समयमा बदनियत पूर्ण तरिकाले रिक्त अवस्थाको फोटो खिचि गाउँपालिका अध्यक्ष र उपाध्यक्षको ताम्रपत्रमा नामराख्ने विषयमा झगडा भई ताम्रपत्र तोडफोड गरिएको भन्ने आशयको भ्रामक समाचार टीभी अनलाइन तथा सामाजिक सञ्जालमा प्रशारित भएकोप्रति गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ,’ उपाध्यक्ष धनलक्ष्मी सिंह मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

‘यसरी आधिकारिक निकायसँग वास्तविक कुरा नबुझि बदनियत राखि, प्रतिशोध पूर्ण तथा भ्रामक रुपले प्रसारित समाचारको घोर भत्र्सना गर्दछु,’ उनले विज्ञप्तिमार्फत भनेकी छन्। उनले भ्रामक समाचारको पछि नलाग्न सरोकारवाला सबैलाई अनुरोध गरेकी छन्। साथै भवन समुद्घाटनको ताम्रपत्रमा नाम राख्ने विषयमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुनै पनि विवाद नरहेकोसमेत विज्ञप्तिमार्फत उनले जानकारी गराएकी छन्।

हेर्नुस् विज्ञप्ति– 

सम्बन्धित
Loading...