Skin_Hospital_Dhn

प्रहरी कुटेको आरोपमा अनेरास्ववियुका नेता जोशी पक्राउ

काठमाडाैँ: ठमेलमा प्रहरीमाथि कुटपिट घटनामा संलग्न रहेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका छन्। नेता जोशीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले नयाँ बानेश्वरबाट जोशीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। माघ २४ गते ठमेलमा दरबारमार्गमा कार्यरत प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नर्गेन्द्रराज विष्टमाथि कुटपिट भएको थियो।

उक्त घटनामा यसअघि ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारा पक्राउ परेका थिए। जोशी पनि घटनाको सिसिटिभी फुटेजमा देखिएको तर कारबाही प्रक्रिया अघि नबढाइएको भन्दै आलोचना भइरहेको बेला प्रहरीले उनलाई पनि पक्राउ गरिएको हो।

सम्बन्धित
Loading...