
धनगढीः कैलालीमा लागूऔषधसहित तीन युवक पक्राउ परेका छन्।

बिहीबार धनगढी उपमहानगरपालिका– १३ राजपुरबाट गोदावरी नगरपालिका–५ का २६ वर्षीय मनोज राना ६२० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन्।

यस्तै धनगढी उपमहानगरपालिका– १२ “सी” गाउँबाट सोही ठाउँका २३ वर्षीय किसन बिकलाई २९० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
धनगढी उपमहानगरपालिका–१२ “सी” गाउँबाटै ३५ वर्षीय हरि सिंह थापा पनि २६० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन्। पक्राउ परेका तिनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
