Skin_Hospital_Dhn

धनगढीमा पानीमा डुबेर एक युवकको मृत्यु

धनगढी: कैलालीको धनगढीमा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २८ वर्षीय सेवन रानाको बिहीबार नुहाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

रानाको बोरिङबाट निस्केको पानीको खाल्डोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।

उनी मृगीको बिरामी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...