
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–४ शहीद गेटमा रहेको सौंराई स्क्वायरले प्रणय दिवसको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम गर्ने भएको छ।
शुक्रबार बेलुकी ६ बजेदेखि राति ११ बजेसम्म उक्त कार्यक्रम आयोजना गरिने भएको हो।

सो अवसरमा लाइभ म्युजिक, डान्स र कपल गेम्स आयोजना हुने सञ्चालक उमेश विक्रम शाहले जानकारी दिए। उनका अनुसार जोडी खेलमा विभिन्न उपहारको व्यवस्था गरिएको छ।

कार्यक्रममा प्रवेश शुल्क तीन सय तोकिएको छ। सञ्चालक शाहले सबैलाई उक्त कार्यक्रम सहभागी भई मनोरञ्जन लिन हुन अनुरोध गरे।
प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे दिवस मनाउने गरिन्छ। पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ।
विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने गरेका छन्। प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ ।
सौंराई स्क्वायरले विभिन्न पर्व तथा नयाँ वर्षका अवसरमा यस्ता किसिमका कार्यक्रमहरू गर्दै आइरहेको छ।
