Skin_Hospital_Dhn

कैलालीमा नदीजन्य पदार्थ उत्खनन गर्ने दुई ट्याक्टर नियन्त्रणमा

धनगढी: कैलालीमा अवैध रूपमा नदीजन्य पदार्थ बालुवा उत्खनन गर्ने २ ट्याक्टरलाई प्रहीले नियन्त्रणमा लिएको छ।

शुक्रबार गौरीगंगा नगरपालिका–३ को शिवगंगा खोलामा अवैध रुपमा बालुवा निकालेर ओसारपसार गर्ने ट्याक्टरलाई प्रहरीले चालकसहित नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरीगंगा नगरपालिका–३ बस्ने ३२ वर्षीय रामकृष्ण चौधरीले चलाएको सुपप्र०१००१ त ४३४४ नम्बरको ट्याक्टर र २४ वर्षीय कमल विश्वकर्माले चलाएको सुपप्र ०१००२ त ४४०८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...