Skin_Hospital_Dhn

कञ्चनपुरमा भूमि आयोगले पूर्णता पायो

कञ्चनपुर: कञ्चनपुरमा भूमिसम्बन्धी समस्या समाधान आयोगले पूर्णता पाएको छ।

विज्ञ र सदस्यहरू नियुक्त गरिएसँगै आयोगले पूर्णता पाएको हो। यसअघि अध्यक्ष मात्र नियुक्त गरिएको थियो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जिल्ला अध्यक्षमा नेत्र प्रकाश पन्तलाई नियुक्त गरेको थियो।

हालै आयोगका अन्य पदाधिकारीमध्ये विज्ञ सदस्यमा दिलबहादुर सिजाली, सदस्यमा दिलबहादुर देउवा र महिला सदस्यमा कमला चौधरीलाई चयन गरेको छ। आयोगका अध्यक्ष पन्तले अब कामलाई तीव्रता दिइने र भूमिसम्बन्धी समस्याको अन्त्य गरिने बताए।

सम्बन्धित
Loading...