Skin_Hospital_Dhn

कैलालीमा लागू औषध खैरो हेरोइनसहित एक जना पक्राउ

धनगढी ।
कैलालीमा अवैध लागू औषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका—५ मिलनपुरबाट अवैध लागू औषध खैरो हेरोइनसहित घोडाघोडीका लक्ष्मण शाही हिजो (बुधबार) दिउँसो पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भजनी नगरपालिका—५ मिलनपुरमा से।२ प ८५७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा घोडाघोडी नगरपालिका—८ का मोटरसाइकल चालक शाहीलाई अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ मिलिग्रामसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...