
धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोके बजारबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

शनिवार भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा कैलाली, धनगढी उपमहानगरपालिका–५ हसनपुरका २३ वर्षीय अशोक पाण्डे पक्राउ परेका हुन्।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी चौकी परासनबाट संयुक्त रूपमा खटिएको प्रहरी उनको साथबाट १ ग्राम २० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
