
बैतडीः घाँस काट्ने क्रममा भिरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–४ डबराली टाकका केशव सिंह महराकी श्रीमती २३ वर्षीया दिपा बोहरा महराको भिरबाट लडेर मृत्यु भएको हो।

आइतबार दिउँसो २ बजेको समयमा सोही वडाको जयसिंया भिरबाट घाँस काट्ने क्रममा लडेर महराको घटनास्थलमै मृत्यु भएको मृतकका आफन्त एवं सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए।

घाँस काट्ने क्रममा लडेकी महरा अन्दाजी तीन सय मिटर तल खसेकी थिइन्। मृतक महराका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् भने घरमा ८ महिने छोरा छन्।
