Skin_Hospital_Dhn

पराष्ट्रमन्त्री राणा र जयशंकरबीच ओमानमा भेटवार्ता

काठमाडौं:  ओमान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच आइतबार भेट भएको छ।

परराष्ट्रमन्त्री राणा हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन ओमानको राजधानी मस्कट पुगेकी छन्। आइतबार साँझ जयशंकरसँग भेट भएको मन्त्री राणाले जानकारी दिएकी छन्।

जयशंकर र आफूले नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता गरेको जानकारी मन्त्री राणाले दिएकी छन्।

भेटमा मन्त्रीहरुबीच व्यापार पारवहन र जलस्रोत विकासका विषयमा पनि चर्चा भएको थियो। यी विषयमा भएका पछिल्ला प्रगति र भारतले नेपालको विकासमा गर्दै आएको सहयोगप्रति आफूले जयशंकरलाई धन्यवाद दिएको मन्त्री राणाको भनाइ छ।

यसअघि राणाले आइतबार नै कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुरैखीसँगको भेटमा हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइमा सघाउन आग्रह गरेकी थिइन्।

फेब्रुअरी १४ देखि २० सम्म ओमानमा आयोजना भइरहेको आठौँ हिन्द महासागर सम्मेलनमा समुद्री साझेदारीका लागि नयाँ यात्रा विषयमा केन्द्रित छ।

सम्बन्धित
Loading...