Skin_Hospital_Dhn

डोटीको आदर्श–५ मा एम्बुलेन्स सञ्चालन

डोटी: डोटीको आदर्श गाउँपालिका–५ मा नयाँ एम्बुलेन्स सञ्चालनमा आएको छ।

गाउँपालिकाले वडा कार्यालयलाई एम्बुलेन्स प्रदान गरेको हो। नयाँ एम्बुलेन्सको सोमबार गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्काले पूजा गरी सञ्चालनमा ल्याएका हुन्।

बिरामीहरुलाई आवश्यक समयमा उपचारका लागि अस्पतालसम्म लैजानका लागि सहयोग होस भन्ने उद्देश्यले वडा कार्यालयलाई एम्बुलेन्स दिईएको अध्यक्ष खड्काले बताए।

उनले वडाबासी तथा आमनागरिकलाई थप उपचारका लागि बाहिर जान एम्बुलेन्स आएपश्चात सहज हुने विश्वास व्यक्त गरे। पालिकाको आफ्नै स्रोतबाट एम्बुलेन्स खरिद गरिएको बताइएको छ।

सम्बन्धित
Loading...