
धनगढीः भिरबाट लडेर डोटीमा एक महिला घाइते भएकी छन्।

जिल्लाको केआईसिंह गाउँपालिका–४ बस्ने ४० वर्षीया रम्बादेवी खड्का भिरबाट लडेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

मंगलवार केदारेश्वर सामुदायिक वनमा घाँस काट्ने क्रममा उनी भिरबाट लडेकी हुन्। घाइते खड्काको स्थानीय स्वास्थ्य चौकी वायलमा सामान्य उपचारपछि थप उपचारको लागि सुजङ अस्पताल राजपुर डोटी पठाइएको प्रहरीले जनाएको छ।
