Skin_Hospital_Dhn

यमराज जोशी कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा विजयी

धनगढी ।
नेकपा एमाले निकट अनेरास्ववियुका यमराज जोशी कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा विजयी भएका छन् ।

हिजो (बुधबार) भएको मतदानमा कुल २३६८ मत खसेको थियो ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार हरिश खत्रीलाई १७ मतान्तरले पराजित गर्दै जोशी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका हुन् ।

यमराज जोशीले कुल ७२२ मत पाएका थिए भने नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पवन सुनारले ५४१ मत ल्याउँदै तेस्रो भए । यस्तै सचिवमा नेविसंघका सन्तोष पन्त ८५६ मत ल्याएर विजयी भएका छन् ।

यस्तै कोषध्यक्षमा नेविसंघकी अम्बिका चौधरी विजयी भएकी छन् । उनले ७६४ मत ल्याइन् ।

सम्बन्धित
Loading...