
दाङ: भारतको ओडिसामा स्नातक तह अध्ययन गर्दै गरेकी रुपन्देहीको भैरहवाकी २१ वर्षीय प्रकृति लम्सालको मृत्युपछि उनको शव बुधबार राति गृहनगर ल्याइएको छ।

रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले बुधबार राति ९ बजे शव भैरहवा ल्याइपुयाएको जानकारी दिए।

ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)को छात्रावासमा मृत भेटिएकी थिइन्।
लम्सालको शव नेपाल भारत नाका बेलहिया ल्याइपुर्याइएको छ। लु १ च ९८३६ नम्बरको एम्बुलेन्समा उनको शव ल्याइएको छ।
